सुजन ढकाल
सांकेतिक तस्वीर

ताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १४ वर्षीय नाबालिकालाई करणी गरेको अभियोगमा ३८ वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नयाँ मोबाइल किनिदिएर बालिकालाई करणी गरेको जाहेरीको आधारमा पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धानलाई जारी राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

Advertisement

बस्नेतका अनुसार उनले बालिकालाई पुष २ गते र ४ गते रातको समयमा जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । जाहेरीका आधारमा पुरुषलाई खोजी गरेर शुक्रबार नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेका युवकविरुद्ध अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!