
विराटनगर । झापाको कमल गाउँपालिका-६ मा इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । उपचारपछि घर फर्काइएका उनको बुधबार मृत्यु भएको हो ।
प्रहरीका अनुसार कात्तिक ११ गते साँझ कमल गाउँपालिका-६ मंगलबारेमा बिजुलीको पोलमा चढेर वाइफाई मर्मत गरिरहेका शिवसताक्षी नगरपालिका–१ का १९ वर्षीय आसिस खनाललाई करेन्ट लागेको थियो । उनी फस्ट लिंक (वाइफाई) कम्पनीमा कार्यरत थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । त्यसपछि थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल ल्याइएको थियो ।
नोवेल अस्पतालमा उपचार सम्भव नभएपछि आफन्तले उनलाई घर फर्काएका थिए । घर फर्काएको केही दिनमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













