
झापा । जेनजी आन्दोलनका क्रममा झापाको दमकबाट लुटिएको राइफल फेला परेको छ । दमक नगरपालिका-५ स्थित धनेश्वर मन्दिरनजिक आज बिहान ३०३ मार्क ३ राइफल म्यागजिनसहित भेटिएको हो ।
झापा प्रहरीका अनुसार स्थानीयले बेवारिसे अवस्थामा राइफल देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले भेटिएको राइफल ल्याएर कार्यालयमा राखेको छ । राइफल लुट्नेको पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।
झापामा प्रहरीबाट लुटिएकामध्ये साना तथा ठूला गरेर २३ थान हतियार अझै फेला परेका छैनन् । यस्तै दमकबाट लुटिएकामध्ये ५५ राउन्ड गोली कमल गाउँपालिका-७ रंगपुरस्थित केराबारीमा शनिबार फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका एसएलआर १ थान र त्यसको १ हजार ५ सय भन्दा बढी गोली , पेस्तोल-रिभल्वर ३ थान र त्यसमा प्रयोग हुने १ सय ५० भन्दा बढी राउन्ड गोली फेला परेको छैन ।

संगालोखबर 













