संगालोखबर
साङ्केतिक तस्विर  

झापा । झापामा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-११ चाम्लिङ डाँडामा गएराति सुतिरहेको अवस्थामा सर्पले टोक्दा १० वर्षीय बालक अनिष राईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार इन्द्रबहादुर राईका छोरा अनिषलाई ओछ्यानमै विषालु सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि चारआलीस्थित सेनाको सर्पदंश उपचार केन्द्र र त्यसपछि बीएण्डसी अस्पताल पुर्‍याइएको थियो ।

Advertisement

उनको उपचारका क्रममा गएराति करिब २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!