संगालोखबर


झापा । काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा तीन अर्ब ३६ करोड ७८ लाख ६० हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका अनुसार सो मूल्य बराबरको अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायतका वस्तु निर्यात भएको हो ।

तीन महिनामा सबैभन्दा धेरै अलैँची एक अर्ब ५१ करोड ८१ लाख, चिया ७५ करोड ६६ लाख, प्लाइउड २७ करोड ७४ लाख, भेनियर २७ करोड २८ लाख र अम्लिसो १९ करोड ५९ लाख मूल्य बराबरको निर्यात भएको छ ।

Advertisement

यस्तै अदुवा ११ करोड ९० लाख, ताजा तरकारी नौ करोड ४७ लाख, जडीबुटी एक करोड २४ लाख, मसुरो दाल सात करोड ४१ लाख मूल्यबराबरको निर्यात भएको छ । सोही अवधिमा पूर्वी नाकाबाट एक अर्ब ४५ करोड १३ लाख ६५ हजार मूल्यबराबरको कृषिजन्य मालवस्तु आयात भएको कार्यालयले जनाएको छ ।

आलु, कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, मकै, पशु दानालगायत आयात भएको छ । कार्यालयको तथ्याङ्कअनुसार कोदो छ करोड २० लाख, चामल चार करोड ९६ लाख, तरकारी तीन करोड छ लाख मूल्यबराबरको आयात भएको छ ।

यस्तै ताजा फलफूल २३ करोड ६७ लाख, लसुन १७ करोड ९९ लाख, आलु ३० करोड ७७ लाख मूल्यबराबरको आयात भएको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!