झापामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

झापामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

विराटनगर । झापामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-३ मेची खोलाको दोभानमा पौडी खेल्ने क्रममा भद्रपुर-२ का १३ वर्षीय अर्पण लिम्बुको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी साथीहरूसँग पौडी खेल्न गएका थिए । सोही क्रममा उनी डुबेर बेपत्ता भएका थिए । खोजतलासका क्रममा उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
झापामा साथीको कुटपिटबाट गम्भीर घाइते भएका दुई युवकको मृत्यु

झापामा साथीको कुटपिटबाट गम्भीर घाइते भएका दुई युवकको मृत्यु

विराटनगर । झापामा साथीको कुटपिटबाट गम्भीर घाइते भएका दुई युवकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको मृत्यु भएको हो । प्रहरीका अनुसार एकसाता अघि साथीसँग झगडा हुँदा थापा र तामाङ घाइते भएका थिए । थापाको शनिबार र तामाङको बुधबार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको बीएण्सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको थि...
झापामा जंगली हात्तीको आक्रमणबाट पुरुषको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट पुरुषको मृत्यु

विराटनगर । झापामा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-७ फक्तालुङ्गका ५९ वर्षीय लोकप्रसाद लिम्बू छन् । प्रहरीका अनुसार शौचालय जान घर बाहिर आँगनमा निस्किएका बेला लिम्बूलाई बिहान ३ः४५ बजेतिर हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापामा फर्निचर उद्योगमा आगलागी हुँदा १२ लाख क्षति

झापामा फर्निचर उद्योगमा आगलागी हुँदा १२ लाख क्षति

विराटनगर । झापाको एक फर्निचर उद्योगमा आगलागी भएको छ । अर्जुनधारा नगरपालिका-११ मा मोती बहादुर खड्काले सञ्चालन गरेको फर्निचर उद्योगमा आइतबार राति आगलागी भएको हो । आगलागीबाट १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट काठ चिर्ने मेसिन र काठहरू पूर्णरुपमा जलेको नष्ट भएको छ । प्रहरी र स्थानीयले बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति करिब साढे १२ बजे आगो नियन्त्रणमा लिएक...
झापामा हात्तीको आक्रमणबाट १५ वर्षमा ७२ जनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट १५ वर्षमा ७२ जनाको मृत्यु

विराटनगर । झापामा हात्तीको आक्रमणबाट १५ वर्षको अवधिमा ७२ जनाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय झापाका अनुसार २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीसहित ७२ जनाले ज्यान गुमाएका हुन् । डिभिजन वन कार्यालय झापाका डा. सुमन भलका अनुसार हात्तीको आक्रमणबाट सोही अवधिमा ९२ जना घाइते भएका छन् । २०८१ साउनयता हात्तीको आक्रमणबाट पाँच जनाले ज्यान गुमाइसकेका छन् भने ६ जना घाइते भएका छन् । मानव-हात्ती द्...
कोशीका तीन जिल्लाबाट १३ लाख बराबरको अवैध सामान बरामद

कोशीका तीन जिल्लाबाट १३ लाख बराबरको अवैध सामान बरामद

विराटनगर । कोशीका तीन जिल्लाबाट १३ लाख बराबरको अवैध सामान बरामद भएको छ । झापा, मोरङ र सुनसरीबाट करिब १२ लाख ८५ हजार चार सय ६० रुपैयाँ बराबरको अवैध सामान बरामद भएको हो । भारतीय सीमावर्ती क्षेत्रबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिभिन्न प्रकारका कस्मेटिक, कपडा, औषधी, मोबाइलको टेम्पर ग्लास, मोटरपार्टस् र इलेक्ट्रिक स्कुटरको ब्याट्रीहर...
कोशीका तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । सोमबार मोरङ, झापा र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । विराटनगर-१६ हुलास चोकबाट लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले कोशी गाँउपालिका-३ का ३५ वर्षीय श्याम कुमार यादवलाई पक्राउ गरेको छ । उनको साथबाट एक ग्राम ५१० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । झापाको भद्रपुर नगर...
झापामा नेपाल-भारतका युवा उद्यमीको सम्मेलन, व्यवसाय विस्तार सम्बन्धी संवाद

झापामा नेपाल-भारतका युवा उद्यमीको सम्मेलन, व्यवसाय विस्तार सम्बन्धी संवाद

विराटनगर । नेपाल र भारतका युवा उद्यमीहरूको सम्मेलन झापामा सम्पन्न भएको छ । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको आयोजनामा आइतबार झापाको मेची क्राउन होटलमा दुई देशका युवा उद्यमीहरूको सम्मेलन गरिएको हो । कार्यक्रममा नेपाल र भारतका करिब एक सय उद्यमीहरू सहभागि भएका थिए । उनीहरूले आफ्नो व्यवसायबारे बी–टु–बी पिच प्रस्तुत गर्दै उत्पादन र सेवाको परिचय दिए । त्यसपछि व्यक्तिगत रूपमा कोर बी–टु–बी से...
झापामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ संक्रमण

झापामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ संक्रमण

विराटनगर । झापाको मेचीनगर नगरपालिकामा घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ संक्रमण देखापरेको छ । नगरपालिकाका अनुसार मेचीनगरको वडा २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को संक्रमण पुष्टि भएको हो । पशु सेवा शाखाबाट संक्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कताका सात जना प्राविधिक कर्मचारी परिचालन गरिएको नगरपालि...
झापाबाट नक्कली नोट र नोट छाप्ने मेसिनसहित एक जना पक्राउ

झापाबाट नक्कली नोट र नोट छाप्ने मेसिनसहित एक जना पक्राउ

विराटनगर । झापाबाट नक्कली नोट र नोट छाप्न प्रयोग गरिएको मेसिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुमको फेदाप गाउँपालिका-५ घर भइ झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुर बस्ने २८ वर्षीय गणेश भारती छन् । आज उनको कोठामा प्रहरीले छापा मार्दा पाँच लाख बढी विभिन्न दरका नक्कली नोट र नोट छाप्न प्रयोग हुने मेसिन बरामद गरेको हो । हजार दरका चार लाख ७० हजार, पाँच सय दरका एक लाख ४१ हजार, एक सय...
काँकडभिट्टा नाकाबाट १६ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टा नाकाबाट १६ अर्बको पेट्रोलियम पदार्थ आयात

विराटनगर । काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा १६ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेलसहित १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१ करोड ७७ लाख रकम अर्थात् पाँच दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि ...
झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर । झापामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा दमक ४ का ३६ वर्षीय मिलन थापा छन् । दमक नगरपालिका ७ पशुहाट डाँडास्थित पूर्वपश्चिम लोकमार्गमा गएराति मे १ ख ३०२७ नम्बरको बस र प्रदेश १-०२-०५२ प २२११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । बसको ठक्करबाट घाइते भएका थापालाई उपचारका लागि आर्या न्युरो अस्पताल विराटनगर ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जना...
झापामा करेन्ट लागेर हात्तीको मृत्यु

झापामा करेन्ट लागेर हात्तीको मृत्यु

झापा । झापामा करेन्ट लागेर हात्तीको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-३ रतुवामाई जङ्गलमा विद्युत लाइनबाट हात्तीलाई करेन्ट लागेको हो । डिभिजन बन कार्यालयका अनुसार हात्तीले विद्युतको पोलमा धक्का दिँदा तार चुँडिएर करेन्ट लागेको हो । करेन्ट लाग्दा हात्तीको घटनास्थलमै मृत्यु भएको छ । करेन्टले हात्तीको सुँड र एउटा दाँत जलेको अवस्थामा फेला परेको बन कार्यालयले जनाएको छ ।
भारतबाट भित्रियो ४ करोड भन्दा बढीको खरबुजा

भारतबाट भित्रियो ४ करोड भन्दा बढीको खरबुजा

झापा । झापाको काँकडभिट्टा नाका हुँदै भारतबाट साढे ४ करोड बढीको खरबुजा नेपाली बजारमा भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१–०८२ को १० महिनामा ४ करोड ६१ लाख ३४ हजार रुपैयाँ बराबरको १७ लाख ६५ हजार ९० किलोग्राम खरबुजा आयात भएको हो । चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा धेरै चैतमा १ करोड ३३ लाख ७ हजार मूल्य बराबरको ५ लाख १० हजार २ सय ३० किलो खरबुजा भारतबाट आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । ...
झापा र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

झापा र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । कोशी प्रदेशका दुई जिल्लाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । उनीहरूलाई झापा र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका-४ का २६ वर्षीय सन्जोग लिम्बुलाई ६ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको...
झापामा घर भत्किँदा एक जनाको मृत्यु

झापामा घर भत्किँदा एक जनाको मृत्यु

विराटनगर । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा हावाहुरीले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ । गएराति अचानक आएको हावाहुरीले जस्तापाताको छानो भएको घर भत्काउँदा ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार मगर घरमै सुतिरहेका थिए । घरको बिमले किचिरहेको देखेर स्थानीयले उद्धार गरे पनि उनको मृत्यु भइसकेको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि लगिए...
झापामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

विराटनगर । झापामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीया सृजना राई घाइते भएकी छन् । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरू कामबाट कोठातर्फ फर्किँदै गर्दा गएराति दमक नगरपालिका-१ स्थित रवि स्टेण्डको गेटम...
झापामा पतिले खुकुरी प्रहार गर्दा पत्नीको मृत्यु

झापामा पतिले खुकुरी प्रहार गर्दा पत्नीको मृत्यु

विराटनगर । झापाको कनकाई नगरपालिका-२ सुकेडाँगीमा पतिले खुकुरी प्रहार गर्दा पत्नीको मृत्यु भएको छ । प्रहरीका अनुसार ३४ वर्षीया पूजा हेमरमको मृत्यु भएको हो । पति ३५ वर्षीय कविराज हेमरमले गएराति करिब ११ः२० बजे पत्नी पूजालाई घाँटीमा खुकुरी प्रहार गरेका थिए ।  खुकुरी प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूबीच विवाद भएको र सोही क्रममा कविराजले खुकुरी प्रहार गरेको खुलेको प्र...
बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत मृत फेला

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत मृत फेला

विराटनगर । बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत घरमै मृत भेटिएका छन् । बिर्तामोड नगरपालिका-१ स्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा ५२ वर्षीय बस्नेत मृत फेला परेका हुन् । झापा गोल्डकपका पूर्वअध्यक्ष समेत रहेका बस्नेत समाजसेवा, व्यवसाय र संस्थागत नेतृत्वमा सक्रिय रहँदै आएका थिए । उनी नेपाल जेसिजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, वीरता जेसिज र रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्षसमेत हुन...
झापामा पानीमा डुबेर नाबालिकाको मृत्यु

झापामा पानीमा डुबेर नाबालिकाको मृत्यु

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका-८ मा पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लुखिराम टुडुको १५ महिनाकी छोरी रोसीका छन् । प्रहरीका अनुसार घर नजिकै रहेको धान खेतमा जमेको पानीमा डुबेको अवस्थामा नाबालिका मृत फेला परेकी थिइन् । इलाका प्रहरी कार्यालय शिवगंजबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरेर पोष्टमार्टम पश्चात शव परिवारलाई बुझाएको छ ।
झापामा लागूऔषध कारोबारी पक्राउ गर्न हवाइ फायर

झापामा लागूऔषध कारोबारी पक्राउ गर्न हवाइ फायर

विराटनगर । झापामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाइएको छ । आज बिहान करिब ८ः४५ बजे कनकाई नगरपालिका-४ तल्लो चाप्रामारीमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले दुई राउन्ड गोली चलाएको हो । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार लागूऔषध कारोबारी आउँदै गरेको भन्ने सूचना प्राप्त भएको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले शरणामतीबाट सुरूङ्गातर्फ आउँदै गरेको बीआर ३७ ट...
झापामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर । झापाको भद्रपुर नगरपालिका-२ चारआलीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बतासीका ३४ वर्षीय दिलिप राजवंशी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि ओम साइ पाथीभरा अस्पताल भद्रपुर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । भद्रपुरबाट केचनातर्फ जाँदै गरेको मे १ च ५४४७ नम्बरको पिकअपले विपरित दिशाबाट आउँदै गरेको बीआर ३७ भी २१२७ नम्बरको ...
झापामा आन्दोलनबाट फर्किएका शिक्षक सवार बस दुर्घटना, २१ जना घाइते

झापामा आन्दोलनबाट फर्किएका शिक्षक सवार बस दुर्घटना, २१ जना घाइते

विराटनगर । झापामा शिक्षक सवार बस दुर्घटना भएको छ । दुर्घटनामा २१ जना शिक्षक घाइते भएका छन् । काठमाडौंको सडक केन्द्रित आन्दोलनमा सहभागी भएर फर्किएका शिक्षक सवार बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-९ दूधेमा आज बिहान दुर्घटना भएको हो । काठमाडौंबाट काँकाडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४२३५ नम्बरको बस आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्...
झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । झापाको बुद्धशान्ति गाँउपालिका-१ भोटेटार स्थित भित्री सडक खण्डमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोही स्थानका २४ वर्षीय प्रेम गुरुङको मृत्यु भएको हो । उनी ट्याक्टरका सह-चालक भएको खुलेको प्रहरीको भनाइ छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार विरिङ खोलाबाट भोटेटार ...
झापाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

झापाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

विराटनगर । झापाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका-२ घर भएका २४ वर्षीय दिलवर खान रहेका छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । खानले ती बालिकालाई मेचीनगर नगरपालिका-९ संगम चोकस्थित साइकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उज...
झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु

झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु

विराटनगर । झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार झापाको कनकाई नगरपालिका-१ का ६६ वर्षीय तारा बहादुर विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो । पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै इलामको माई नगरपालिका-८ का ४६ वर्षीय मदन कुमार राईको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग...
तोडफोड, आगजनी, हत्या, हिंसाजस्ता कुराहरू स्वीकार गर्न सकिँदैन : प्रधानमन्त्री ओली

तोडफोड, आगजनी, हत्या, हिंसाजस्ता कुराहरू स्वीकार गर्न सकिँदैन : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले तोडफोड, आगजनी, हत्या, हिंसालगायतका  कुराहरू स्वीकार गर्न नसकिने बताएका छन् । आज झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको स्मरण गर्दै अब देशमा यस्ता कुराहरू स्वीकार्न नसकिने उल्लेख गरे । उनले शान्तिपूर्ण सभा गर्छौँ भन्नेहरूले आगजनी र चोरी...
झापा र मोरङमा चट्याङले लागेर दुई जनाको मृत्यु  

झापा र मोरङमा चट्याङले लागेर दुई जनाको मृत्यु  

विराटनगर । कोशीका दुई जिल्लामा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । बुधबार झापा र मोरङका दुई स्थानमा चट्याङले लागेर उनीहरूको मृत्यु भएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ घर भइ झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ वर्षीया दुध कुमार लावतीको भान्सा कोठा छेउमा झरेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै बुधबार दिउँसो साढे १२ बजे बर्षासँगै परेको चट्याङल...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । उनीहरूलाई मंगलबार झापा, मोरङ र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका-६ बाट भारत वेस्ट बंगाल दार्जिलिङका ४१ वर्षीय राजेन बर्मन १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।  अर्जुनधारा-४ का २८ वर्षीय भुवन न्यौपानेलाई घरबाटै १ ग्राम ९ सय ४० मिलिग्राम ब्राउन सुगरसहित प्...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन् । उनीहरूलाई सोमबार झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको गौरादह नगरपालिका-४ का २३ वर्षीय उमेश गिरीलाई उनकै घरबाट दुई ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीसँगै ब्राउन सुगर बेच्ने गौरादह-२ का २४ वर्षीय मनोज भारतीलाई पनि प्रहरीले पक्राउ गरेको छ । ला...
सुनसरी र झापाबाट लागूऔषधसहित १२ जना पक्राउ

सुनसरी र झापाबाट लागूऔषधसहित १२ जना पक्राउ

विराटनगर । सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका-१ मा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१६ का ३४ वर्षीय मनोज कुमार चौधरी, इटहरी-६ का २३ वर्षीय सनम तामाङ, इटहरी-२ का २७ वर्षीय...
error: Content is protected !!