ओलीका चुनावी कमान्डरले भने– भौतिक संरचना तोडफोड गर्नेलाई भोट नहाल्नुहोस्
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमान्डर एवं एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले सरकारी संरचना तोडफोडका योजनाकारलाई भोट नहाल्न आग्रह गरेका छन् । उनले डेढ खर्ब भन्दा बढीको व्यक्तिगत र सरकारी भौतिक संरचना तोडफोड गराउने अदृश्य योजनाकारलाई भोट हाल्न नहुने बताएका हुन् ।
एमाले मनकामना टोल कमिटी दमक-८ ले आज आयोजना गरेको टोल भेलालाई सम्बोधन गर्दै दाहालले गत भदौ २३ र २४ गते जेनजी...



























