
विराटनगर । झापा र सुनसरीबाट करिब पाँच लाख बराबरको पटकाजन्य विष्फोटक पदार्थ बरामद भएको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले उक्त मूल्य बराबरको विष्फोटक पदार्थ बरामद गरेको हो ।
शनिबार चेकजाँचका क्रममा झापाको भद्रपुर नगरपालिका-५ बाट अबैधरूपमा लुकाएर ल्याउँदै गरेको अवस्थामा करिब चार लाख मूल्य बराबरको पटका र झिलिमिली बत्ती बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै सुनसरीको देवानगञ्ज गाउँपालिका-४ बाट करिब ७३ हजार एक सय २० रुपैयाँ बराबरको पटका बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 













