संगालोखबर


विराटनगर । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका २ थान हतियार र गोलीगठ्ठासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ का २२ वर्षीय सुशील फियाक लिम्बु छन् ।

उनलाई मंसिर २ गते झापाको दमक नगरपालिका-६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा पक्राउ परेका फियाकले हतियार पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेस्थित लामागाउँको ओडारमा लुकाएर राखेको बताएका थिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पाँचथरसँगको समन्वयमा हातहतियार तथा गोलीगठ्ठाहरू बरामद गरिएको झापा प्रहरीले जनाएको छ ।

बरामद भएका सामग्रीहरूमा सिरियल नम्बर ६२०३८ भएको म्याग्जिनसहितको ३०३ मार्क ३ राइफल एक थान, सिरियल नम्बर ०३११०२७३९ भएको म्यागजिन नभएको र बट र ह्याण्ड ग्रिप जलेको अवस्थामा रहेको इन्सास राइफल १ थान छन् । यसका साथै इन्सासको जङ्गी राउन्ड एक थान र एसएलआरको जङ्गी राउन्ड तीन थान पनि फेला परेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका लिम्बुमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!