संगालोखबर
साङ्केतिक तस्बिर

विराटनगर । झापाबाट सात जना कैदी पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देशका विभिन्न कारागारबाट भागेका पाँच पुरुष र दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठका अनुसार पक्राउ पर्नेमा केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका कैदी छन् ।

Advertisement

‘केही कैदीलाई सिमानाकाबाट पनि नियन्त्रणमा लिइएको छ । केही आफैं सम्पर्कमा आएका हुन्’, श्रेष्ठले संगालोखबरसँग भने, ‘केहीलाई परिवारले पनि परिवारको जिम्मा लगाएको छ ।’

सुन्धारा कारागारबाट भागेका गौरादह नगरपालिका-५ की २८ वर्षीया रुकसार खातुन र २८ वर्षीया एकसरा खातुन आफैं प्रहरीको सम्पर्कमा आएका छन् ।

कास्की कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कनकाई नगरपालिका-६ का ३३ वर्षीय दिनेश सोरेनलाई प्रहरीले घरबाटै पक्राउ गरेको श्रेष्ठले जानकारी दिए ।

यस्तै नेपालबाट भागेर दक्षिणी सीमा हुँदै भारतको किसनगञ्ज पुगेका २३ वर्षीय नवलकिशोर नाम भएका एक कैदीलाई भारतीय प्रहरीले पक्राउ गरेर केचनास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइदिएको छ । उनी भारतीय नागरिक भएको बताइएको छ ।

सुनसरीको झुम्का कारागारबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी कनकाई नगरपालिका-४ का ४५ वर्षीय बलबहादुर राईलाई परिवारले नै प्रहरीसमक्ष बुझाइदिएको छ ।

अरु दुई जना सुन्धारा कारागारबाट भागेका कैदी रहेका प्रहरीले जनाएको छ । सातै जना कैदीलाई अहिले जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!