संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गौरादह नगरपालिका-१ गैरिया की ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो ।

गत कात्तिक २१ गते साँझ गैरिया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १ ह ५७५४ नम्बरको अटोले धान लोड गरिरहेको प्रदेश १-०२-००१ ख ९०९३ नम्बरको मिनी ट्रकको पछाडि ठक्कर दिएको थियो ।

Advertisement

दुर्घटनामा अटो चालक गौरादह-१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए । उनको बायाँ हातमा चोट लागेको प्रहरी जनाएको छ ।

सोही अटोमा सवार उनकी ३७ वर्षीया श्रीमती खातुन गम्भीर घाइते भएकी थिइन् ।  उनको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!