
विराटनगर । झापाको बिर्तामोड नगरपालिका-६ स्थित गिरि बन्धु टि-स्टेट अगाडि भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सुनसरी इटहरी-११ का ४६ वर्षीय दिनेश कुमार भट्टराई र मोरङको रंगेली-२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो ।
बिहीबार विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४४५९ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इटहरीका गुलसन राज शर्मा, उनकी श्रीमती अंकिता शर्मा र छोरी मनसुइ शर्मा, बिनु शर्मा, सहचालक सोमकुमार भुजेल, गंगा लिम्बु, सुहाना लिम्बु, मेङ्सो लिम्बु, अनुषा भट्टराई, मन्जु खतिवडा, राधिका खतिवडा र राकेश लिम्बुलगायत घाइते भएका छन् ।
घाइतेमध्ये केहीको टाउकोमा चोट लागेको छ भने अन्यलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













