
विराटनगर । झापाको दमकमा प्रहरीले हवाई फायर गरेको छ । जेनजीको प्रदर्शन उग्र बनेपछि गोली चलाउनु पर्ने अवस्था आएको प्रहरीले जनाएको छ ।
ढुङ्गामुढासँगै आगजनी प्रयास भएपछि हवाई फायर गरिएको झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए । ‘अहिले पनि अवस्था सामान्य भइसकेको छैन्’, प्रहरी उपरीक्षक लिम्बुले संगालोखबरसँग भने, ‘भीड अराजक भएपछि हवाई फायर गर्नुपर्ने अवस्था आयो ।’
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । उनले सबैभन्दा बढी प्रहरी घाइते भएका जानकारी दिए । अहिले दमक नगरपालिका अगाडि प्रदर्शन भइरहेको लिम्बुले बताए । कति राउन्ड हवाई फायर भएको भन्ने खुल्न बाँकी छ ।

संगालोखबर 













