संगालोखबर


झापा । बिहारमा सुरु भएको विधानसभा निर्वाचनलाई लक्षित गरी झापाको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने भएको छ । ११ नोभेम्बर अर्थात कात्तिक २५ मा हुने दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै बिहार राज्यसँग सिधा सीमा जोडिएको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार नोभेम्बर ८ अर्थात कात्तिक २२ गते शनिबार साँझ ५ बजेदेखि नोभेम्बर ११ अर्थात कात्तिक २५ गते मंगलबारसम्म नाका बन्द रहनेछ ।

Advertisement

अहिले सीमा नाकामा नेपाल-भारत दुवै तर्फबाट कडाइ गरिए पनि आवतजावत बन्द भइसकेको छैन । सीमा नाका बन्द गर्नेबारे भारतीय पक्षले मौखिक रूपमा जानकारी गराए पनि औपचारिक पत्र आउन बाँकी छ ।

नेपालतर्फ निर्वाचन हुँदा भारतीय पक्षले सहयोग गर्ने र भारततर्फ हुँदा नेपालले सहयोग गर्दै आएको छ । सोही अनुरूप निर्वाचनलाई लक्षित गरी सीमा नाका पूर्ण रुपमा सिल गर्न लागिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!