
झापा । झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका-६ शरणामतीमा भएको दुर्घटनामा ४५ वर्षीय सुनिल सोरेनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार घरबाट ट्याक्टर निकाल्ने क्रममा दुर्घटना हुँदा सोरेन गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडस्थित विर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोरेनले मे १ त ३३१६ नम्बरको ट्रयाक्टर घरबाट निकाल्ने क्रममा दुर्घटना भएको थियो ।

संगालोखबर 













