संगालोखबर


विराटनगर । झापाको गौराहदह नगरपालिका-९ स्थित सिस्ने खोलामा तीन बालिकाको मृत्यु भएको छ । आज दिउँसो माछा मार्ने क्रममा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अञ्जु मगरका ७ वर्षीया छोरी सुष्मा र ९ वर्षीया स्वीकृति मगर तथा निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियारको मृत्यु भएको हो ।

Advertisement

‘चार जना बालिका माछा मार्न गएको भन्ने खुलेको छ’ जिल्ला प्रहरी कार्यालय झापामा इन्स्पेक्टर प्रवीण श्रेष्ठले संगालोखबरसँग भने, ‘एक जना बालिकाले तीन जना डुबेको देखेपछि अभिभावकलाई खबर गरेपछि खोलाबाट निकाल्दा मृत्यु भइसकेको जानकारी प्राप्त भएको छ ।’

अहिले प्रहरीको टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया अघि बढाएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी गरिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!