
झापा । झापाको बिर्तामोड नगरपालिका-७ मियाबारीस्थित रेखा खोलामा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड-६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव फेला परेको हो ।
स्थानीयले शनिबार राति शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । राति नै कानुनी प्रक्रिया पूरा गरेर शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको झापा प्रहरीले जनाएको छ ।

संगालोखबर 













