संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापा र मोरङबाट प्रतिबन्धित लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । विभिन्न स्थानमा चेकजाँचका क्रममा प्रहरीले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका-६ बाट दमक नगरपालिका-५ का ३१ वर्षीय राजु श्रेष्ठ ४५ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यस्तै लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले सुन्दरहरैँचा-१० का २८ वर्षीय सुशान्त पोखरेल र सुन्दरहरैँचा-९ का ३८ वर्षीय चेवन धिमाललाई नियन्त्रणमा लिएको छ ।

Advertisement

को ४ प ७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ११ ग्राम २२ मिलिग्राम ब्राउन सुगरसहित विराटनगर-१६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै झापाको भद्रपुर-५ बाट भद्रपुर-४ का ३० वर्षीय पुरण विश्वकर्मा २ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

मेचीनगर–१३ बाट प्रतिबन्धित औषधी लोरी १६० ट्याब्लेट र ट्रामाडोल ६० ट्याब्लेट सहित मेचीनगर-३ का ३० वर्षीय प्रशान्त सेन्चुरी पक्राउ परेका छन् । उनीहरूमाथि सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!