
ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा तीन करोड बढी भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आर्थिक वर्ष २०८१/८२ मा तीन करोड ११ लाख ६४ हजार रुपैयाँ भेटी संकलन भएको हो ।
उक्त अवधिमा दुई लाख १७ हजार आठ सय ७६ जनाले पाथीभरा दर्शन गरेका छन् । समितिका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०८१/८२ मा तीर्थयात्रीको संख्यासँगै भेटी रकम पनि घटेको हो ।
समितिका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा तीन करोड ९८ लाख ४१ हजार नौ सय ५८ रुपैयाँ भेटी संकलन भएको थियो भने दुई लाख ३१ हजार तीन सय ३४ जना तीर्थयात्री पाथिभरा पुगेका थिए ।
आव २०८१/८२ मा कात्तिक महिनामा सबैभन्दा बढी ६१ हजार एक सय ७३ र साउन महिनामा सबैभन्दा कम १ हजार नौ सय ५५ जना तीर्थयात्री पाथीभरा आएका समितिको तथ्याङ्क छ ।
समितिका अनुसार बैशाख महिनामा सबैभन्दा बढी ६० लाख ९० हजार आठ सय १५ र असोज महिनामा सबैभन्दा कम चार लाख ११ हजार एक सय ५१ रुपैयाँ भेटी संकलन भएको थियो ।

संगालोखबर 













