
विराटनगर । सरकारसँग ६ बुँदे सहमति भएपछि नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनचाँदीको मूल्य तोकेको छ । असार १९ गतेदेखि मूल्य निर्धारण नगरेको महासङ्घले बिहीबार सरकारसँग सहमति भएपछि आजबाट मूल्य तोकेको हो ।
महासङ्घले आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार आठ सय रुपैयाँ तोकेको छ । महासङ्घले असार १९ गते एक लाख ९२ हजार एक सय रुपैयाँ मूल्य कायम गरेको थियो ।
आज चाँदीको मूल्य प्रतितोला दुई हजार दुई सय २० रुपैयाँ कायम भएको छ । असार १९ गते चाँदीको मूल्य दुई हजार एक सय ७० रुपैयाँ कायम भएको थियो ।

संगालोखबर 













