
विराटनगर । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने गरी मौद्रिक नीति ल्याएको छ । आज गर्भनर डा. विश्वनाथ पौडेलले आउँदो आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
केन्द्रीय बैंकले स्थायी तरलता दर अर्थात बैंक दर ० दशमलव ५ प्रतिशत विन्दुले घटाई ६ प्रतिशतमा झारेको छ । त्यसैगरी नीतिगत दर ५ प्रतिशतबाट घटाई ४ दशमलव ५ प्रतिशत बनाइएको छ ।
साथै केन्द्रीय बैंकले स्थायी निक्षेप सङ्कलन दर ३ प्रतिशतबाट घटाई २ दशमलव ७५ प्रतिशत बनाएको छ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि १२ प्रतिशत प्रक्षेपण गरेको छ ।
सरकारले आउँदो आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ भने मूल्यवृद्धि ५ दशमलव ५ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ ।
व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड रुपैयाँ पुर्याइएको घोषणा गरिएको छ ।
पूर्णपाठ हेर्न (यहाँ) क्लिक गर्नुहोस् ।

संगालोखबर 













