संगालोखबर


विराटनगर । कोशी प्रदेशमा हालसम्म ४१.३२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । गतवर्ष यही अवधिमा ६१.६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो ।

यस वर्ष समयमा नै पर्याप्त वर्षा नहुँदा गतवर्षको तुलनामा कम रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । कोशी प्रदेशको उच्च पहाडी क्षेत्रमा ३९.७१ प्रतिशत, मध्य पहाडमा ५१.२७ र तराइमा ३७.९७ प्रतिशत रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

Advertisement

निर्देशनालयका अनुसार प्रदेशभरि कुल दुई लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म एक लाख १४ हजार २११ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

कुल धान खेती हुने क्षेत्रफलमध्ये ताप्लेजुङमा हालसम्म ३९.६३, संखुवासभामा ३६ र सोलुखुम्बुमा ६५.७४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

यस्तै पाँचथरमा ६९, इलाममा ५८, भोजपुरमा ६५, तेह्रथुममा ४०, धनकुटामा २६, उदयपुरमा २६, ओखलढुङ्गामा ४८.२५ र खोटाङमा ७१.८० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी झापामा ४१.६७, मोरङमा ३६ र सुनसरीमा ३५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयको तथ्याङ्कले देखाउँछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!