- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले किसानहरुलाई ५० वटा उन्नत जातको बाख्रा वितरण गरेको छ । वडा नं. ५ को सिर्जनसिल बाख्रा पालन समुहका २५ जना किसानहरुलाई बाख्राको पाठापाठी र बीउ बोका दिइएको हो ।

किसानहरुलाई २ लाख ८३ हजार ४ सय बराबरको बाख्राको पाठापाठी र २ लाख ५० हजार बराबरको एउटा उन्नत जातको बोका दिइएको गाउँपालिकाले जनाएको छ । पालिकाले जारी गरेको ३५ दिने सूचनाको अवधिमा परेका निवेदनहरु मध्येबाट छनौट गरी अनुदान दिइएको पशुपन्छी शाखाका प्रमुख राजकुमार राईले बताए ।

कृषि तथा पशुपन्छी बिकास मन्त्रालयबाट आर्थिक बर्ष ०७७/०७८ मा प्रदेश तथा स्थानीय तहमा सशर्त बित्तीय हस्तान्तरणमार्फत पठाईएका कार्यक्रमहरुको प्राविधिक कार्य सञ्चालन प्रक्रिया, रिपोर्टिङ्ग तथा तथ्यांङ्क ब्यबस्थापन सम्बन्धि मार्गदर्शनमा आधारित कार्यबिधि अनुसार छनौटमा परेका समुहलाई अनुदान उपलब्ध गराईएको राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!