- संगालोखबर सम्बाददाता

धनकुटा । दशैंको अवसर पारेर धनकुटाको हुलाकटोलस्थित ओम साई इलेक्ट्रोनिक्सले मोवाइल एक्सचेन्ज मेला सञ्चालन गरेको छ । बिभिन्न स्किमहरुसहित तिहारसम्मका लागि एक्सचेन्ज मेला सञ्चालन गरिएको हो ।

एक्सचेन्ज मेलामा जुनसुकै पुरानो मोवाइल ल्याएर त्यसको उचित मूल्यांकन गरी रकम थपेर अर्को मोवाइल लैजान पाइने ओम साई इलेक्ट्रोनिक्सका सञ्चालक रिदम श्रेष्ठले जानकारी दिए । ‘दशैंको अवसर पारेर हामीले बिभिन्न आकर्षक स्किमहरुसहित मोवाइल एक्सचेन्ज मेला चलाइरहेका छौ,’ पसल सञ्चालक श्रेष्ठले भने, ‘ग्राहकहरुलाई लक्षित गरेर मोवाइल एक्सचेन्ज, लक्की ड्र, फोटो कन्टेष्ट, किस्ताबन्दी योजना र हात खाली नजाने उपहार योजना सञ्चालन गरेका छौ, यसबाट ग्राहकहरुले निकै फाइदा उठाउँन सक्नुहुन्छ ।’

हरेक स्मार्ट फोन खरिद गर्ने ग्राहकलाई कुपन दिइएको छ । सोही कुपनका आधारमा ‘लक्की ड्र’ गरेर एक जना भाग्यशाली ग्राहकलाई तिहारको लक्ष्मीपुजाका दिन २५ हजार पुरस्कार प्रदान गरिने छ । ‘लक्की ड्र’ मा मोवाइल एक्सचेन्ज गरेर नयाँ मोवाइल लैजानेहरु पनि सहभागि हुन पाउँने छन् ।

त्यस्तै, स्मार्ट फोन खरिद गर्ने ग्राहकहरुलाई ‘फेसवुक फोटो कन्टेष्ट’ मार्फत पनि पुरस्कृत गरिने भएको छ । मोवाइल खरिद गर्ने ग्राहकले चाहेमा फोटो खिचाएर पसलको ओम साई इलेक्ट्रोनिक्स पेजमा फोटो राखिनेछ र सबैभन्दा बढी लाइक आउँने फोटोलाई पुरस्कार स्वरुप ५ हजार प्रदान गरिने पसल सञ्चालक श्रेष्ठले बताए । उनका अनुसार हरेक स्मार्ट फोनको खरिदमा हात खाली नजाने पुरस्कारहरु पनि प्रदान गरिने छ । हरेक ग्राहकलाई कफी मख, हेडफोन, इयरफोन, एयरबड्स लगायत सामाग्री प्रदान गर्ने गरिएको छ ।

त्यस्तैगरी, मोवाइल, टिभी, फ्रिज, वासिङ्ग मेसिन लगायत सामान खरिद गर्न तत्काल पैसा नभएमा ग्राहकहरुलाई किस्ताबन्दीको व्यवस्था पनि मिलाइएको ओम साई इलेक्ट्रोनिक्सले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!