- संगालोखबर सम्बाददाता

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य थप बढेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

Advertisement

आज छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ६०० रुपैयाँले बढ्दै सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले बढेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ पुगेको छ ।
त्यस्तै चाँदीको भने बिहीबारकै मूल्य कायम भएकाले प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!