- संगालोखबर सम्वाददाता

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा अवधिमा सरकारले विद्युत महसुलमा छुट दिने भएको छ । शनिवार आगामी आर्थिक बर्ष २०७८/०८९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले विद्युत महसुल छुटको योजना सार्वजनिक गरेका हुन् ।

Advertisement

अर्थमन्त्री पौडेलले निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत छुट दिइने बताए । त्यस्तै, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

त्यस्तै, साझेदारी सहलगानी तथा सबै प्रकारका खानेपानी तथा सिचाँइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल पूरै छुट दिइने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!