- संगालोखबर सम्वाददाता

विराटनगर । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टका लागि ३ लाख आर्थिक सहयोग गरेको छ । एक औपचारिक कार्यक्रमकाबीच बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा र उप–प्रमुख राजकुमारी चौधरीलाई कुमारी बैंकको बेलका शाखाबाट चेक हस्तान्तरण गरिएको हो ।

Advertisement

बिगत ३ बर्षदेखि सेवा सञ्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तरगत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको कुमारी बैंक बेलका शाखाका प्रमुख अमित झाले जानकारी दिए । बेलकाका नगर प्रमुख थापाले सहयोग गरेको प्रति कुमारी बैंकलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गरे ।

देशभर रहेका १९४ शाखा सञ्जाल, १६५ एटिएम, १३ एक्टेनशन काउन्टर लगायत २८ वटा शाखारहित ईकाईमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिदै आएको कुमारी बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!