संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ लावरबोटे मुलघाटमा सनराइज बैंकले शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकको ९२ औं शाखारहित बैंकिङ्ग सेवाका रुपमा मुलघाटमा बुधबार एक कार्यक्रमकाबीच सेवा सुरुवात गरिएको हो ।

Advertisement

साँगुरीगढी गाउँपालिका–१ का वडाध्यक्ष तिलकबहादुर लिम्बु, सन्राइज बैंकका १ नम्बर प्रदेश प्रमुख विवेक कुमार निरौला, बैंकका धनकुटा शाखा प्रमुख दिनेश शर्मा अधिकारी लगायतको उपस्थितीमा बैंकिङ्ग सेवा उद्घाटन गरिएको हो । मुलघाटमा बैंकको शाखा नरहेकाले त्यहाँका बासिन्दाहरुलाई बैंकिङ्ग सेवा पुर्याउँने उद्धेश्यले शाखारहित बैंकिङ्ग सेवा सुरु गरिएको सन्राइज बैंकका शाखा प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोवार गर्न सकिने तथा यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, विल भुक्तानी जस्ता सेवाहरु लिन सक्नेछन् ।

बैंकले सो क्षेत्रमा बैंकिङ्ग सेवाको व्यवसायीक प्रतिनिधिका रुपमा विमला राईलाई नियुक्त गरेको छ । उनीसँग बीएलभी डिभाइस हुन्छ । सोही डिभाइसको सहायतामा निश्चित सीमाभित्र रहेर बैंकिङ्ग सेवा प्रदान गरिनेछ । धनकुटाको हुलाकटोलस्थित चुवाको बोट चौकमा शाखा कार्यालय सञ्चालन गरेर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको सनराइज बैंकले जिल्लामै पहिलो पटक मुलघाटबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

सनराइज बैंकले १३९ शाखा, ९२ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउन्टर, १५८ एटीएममार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरलाई सेवा प्रदान गर्दै आएको छ । अन्य स्थानहरुमा पनि सेवा विस्तार गर्दै लगिने बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!