संगालोखबर सम्बाददाता

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल, ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाएर १ हजार ५ सय ७५ रुपैयाँ पुर्याइएको छ ।

Advertisement

अब पेट्रोल प्रति लिटर १३६ रुपैयाँ र डिजेल, मटितेल प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्याइएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

बुधबार रातिदेखि मूल्यबृद्धि लागू हुनेछ । एक महिनाको अवधिमा तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको हो । कात्तिक १२ गते पनि मूल्यबृद्धि गरिएको थियो । मूल्यबृद्धि पछि पनि अझै घाटा रहेको निगमले दावी गरेको छ । पेट्रोलमा प्रति लिटर १७.५८, डिजेलमा १३.१४ रुपैयाँ र ग्यासमा प्रति सिलिण्डर ६५७.८४ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!