- संगालोखबर सम्वाददाता

काठमाडौं । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी मानिने कुमारी बैंकले नेपालीहरुको महान चाड बडादशैं, तिहार र छठ पर्वको अवसरमा ‘डिजिटल दक्षिणा’ योजना ल्याएको छ । कोरोनाको महामारी कायमै रहेका बेला डिजिटल बैंकिङ्ग सेवालाई प्रयोगमा सरलता प्रदान गर्न बैंकले ‘डिजिटल दक्षिणा’ योजना ल्याएको हो । यो योजना अन्र्तगत कुमारी बैंकले दशैं, तिहार र छठमा अन्तरबैंक पैसा पठाउँदा ग्राकहरुलाई ‘क्यास्ब्याक’ दिने भएको छ ।

यो योजना अन्तर्गत दशैंको विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म पाँच दिन, तिहारमा लक्ष्मी पुजादेखि भाईटिकासम्म तीन दिन र छठ पर्वका दिन Kumari Smart Mobile Banking app मा भएको डिजिटल दक्षिणा मार्फत गरिएको अन्तर बैंक रकमान्तर (Interbank Fund Transfer) मा लाग्ने सेवा शुल्क, क्यास्ब्याक (Cashback) मार्फत ग्राहकलाई फिर्ता गरिने कुमारी बैंकले जनाएको छ । कोभिड–१९ को विषम परिस्थितिमा स्वास्थ्य सावधानी अपनाउँदै सुरक्षित तवरले चाडपर्व मनाउनुपर्ने आवश्यकता रहेकाले ग्राहकहरुलाई यस्तो सुविधा दिइएको हो ।

कोरोना माहामारीले निम्त्याएको आफन्तजनबीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदान मार्फत कम गरी परिवारबीचको सम्बन्ध सुमधुर पार्ने उद्देश्यले यस्तो योजना ल्याईएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए । चाडपर्वकै अवसरमा नयाँ नोटको आगमन मात्र नभई टिका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्षिणाले कम गर्ने बैंकका डिजिटल बैंकिंग प्रमुख अनिष ताम्राकार बताउँछन् ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिंग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको कुमारी बैंकले देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ । आगामी दिनमा आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका लागि डिजिटल सामथ्र्य सुदृढीकरणमा अघि बढ्ने कुमारी बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!