सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । कृषि ज्ञान केन्द्र धनकुटाले १५५ जना कृषकलाई मिनी पावर टेलर वितरण गरेको छ । कृषि तथा सहकारी मन्त्रालयको कृषि यन्त्रीकरण प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्रले धनकुटाका ७९ र तेह्रथुममा ७६ कृषकलाई जोत्न प्रयोग गरिने हाते ट्याक्टर प्रदान गरेको हो ।

Advertisement

७५ प्रतिशत अनुदानमा कृषकहरुलाई ७८ लाख बराबरको हाते ट्याक्टर वितरण गरिएको कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ निर्मल धमलाले जानकारी दिए । उनका अनुसार कम लागतमा धेरै उत्पादन गराउँन सघाउ पुर्याउँने उद्धेश्यले कृषकहरुलाई हाते ट्याक्टर दिइएको हो । यो ट्याक्टरले २ लिटर डिजलबाट ३ रोपनी जमिन जोत्न सकिन्छ । यसले जोतेको माटो खुकुलो हुँने भएकाले उर्वरा शक्ति बढी हुँने कृषि विज्ञ धमला बताउँछन् ।

मिनी टेलर पाएपछि कृषकहरु पनि उत्साहित बनेका छन् । आफ्नै ठाउँमा बसेर थोरै लगानीबाट कृषिमा केही गरौं भन्नेहरुलाई यसले सहज बनाउँनुका साथै काममा थप उर्जा बढाएको सहिदभूमिका कृषक अनिल बुढाथोकीले बताए । ‘बालि लगाउन जोत्नु पर्छ, गाउँमा अहिले गोरु पाउँन मुस्किल छ । गोरुले जोत्न खर्चिलो र झन्जटिलो पनि छ, कृषक बुढाथोकीले भने, ‘अब यस्तो समस्या मिनी पावर टेलर लगेपछि हट्छ, धेरै सजिलो हुन्छ ।’

कृषिमा आधुनिक प्रविधिको प्रयोग गर्दा यसले थोह्रै लागतमा धेरै प्रतिफल पाउँन सकिने कृषक बुढाथोकीको बुझाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!