- संगालोखबर सम्वाददाता

विराटनगर । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

बुधबार छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज ४०० रुपैयाँले घटेर ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँले घटेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य २५ रुपैयाँले घटेर १ हजार १८० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!