संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश नं. १ को प्रदेशसभा बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको छ । प्रदेशसभाको आजको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सो विधेयक प्रस्ताव सदनमा पेश गरेका थिए ।

Advertisement

सो विधेयक प्रस्ताव प्रदेश सभाको बहुमतले पारित गरेको हो । मन्त्री मगरले हाम्रो कृषि जीविकोपार्जन गर्ने किसिमको मात्र भएको अवस्थामा कृषि एवं कृषि उत्पादन बढाउन सरकारले अनुदानको व्यवस्था गरेको बताए ।

उनले अनुदान विभिन्न स्वरुपमा रहेकाले यसको गलत प्रयोग हुन नदिन विधेयक ल्याइएको उल्लेख गरे । सरकारले कृषिमा दिने अनुदान ५० देखि ७५ प्रतिशत रहेको र यसलाई पारदर्शी बनाउन विधेयकले मद्दत गर्ने मन्त्री मगरले विश्वास व्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!