- संगालोखबर सम्वाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । काठमाडौंको नक्सालस्थित नक्साल कार्यालयमा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

Advertisement

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक बर्ष २०७७/०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आर्थिक बर्ष २०७७/०७८ को लागि ६ प्रतिशत बोनस शेयर तथा बोनश शेयर वापत लाग्ने कर प्रयोजनको लागिसमेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ हुनेछ ।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म बैंकले कुल निक्षेप १५७ अर्ब १७ करोड परिचालन तथा कुल कर्जा रकम १४३ अर्ब ७७ करोड प्रवाह गरी संचालन मुनाफा ३ अर्ब १९ करोड तथा १ अर्ब ९७ करोड खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरी १९६ शाखा संजाल, १७५ एटिएम, १४ एक्स्टेन्सन काउन्टरका साथै ३३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभर आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!