संगालोखबर सम्वाददाता

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले शुक्रबार राती १२ बजेदेखि लागु हुँनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो ।

Advertisement

पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्य ३ रुपैयाँका दरले वृद्धि गरिएको छ । मूल्य बृद्धि अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १३३ भएको छ । डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ मूल्य बृद्धि भएर १५ सय पुगेको निगमले जनाएको छ ।

त्यस्तै, आन्तरिक तथा बाह्य हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १० रुपैयाँका दरले बढेर ९६ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर अमेरिकी डलर ८५३ पुगेको निगमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!