- संगालोखबर सम्वाददाता

धनकुटा । छथर जोरपाटी गाउँपालिकाले हात्तिखर्कस्थित पिङडाँडा कृषक समुहलाई १२ लाख भन्दा बढी मूल्यका कृषि सामाग्री प्रदान गरेको छ । मकै पकेट क्षेत्र प्रवद्र्धनका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामाग्री प्रदान गरेको हो ।

Advertisement

एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बू, उपाध्यक्ष भीमकला श्रेष्ठसहित कृषि शाखाका प्रतिनिधिहरुले सामाग्री हस्तान्तरण गरेका हुन् । सो समूहलाई १ लाख ८० हजार मूल्य बराबरको २ थान मिनी टिलर, १ लाख मूल्य बराबरको २ वटा क्रसर मिक्सचर हस्तान्तरण गरिएको छ । त्यस्तै ३ लाख ५० हजार बराबरको सिंचाई पाईप, १ लाख बराबरको ८ थान डिजिटल काँटा, ४८ हजार बराबरको १६ थान स्प्रेयर हस्तान्तरण गरिएको हो । फौजी किरा नियन्त्रणका लागि २ लाख बराबरको बिषादी, ६० हजार बराबरको ६० थान कोदालो पनि दिइएको छ । यस अघि उक्त समूहलाई १ लाख बराबरको मकैको बीउ प्रदान गरिएको थियो ।

गाउँपालिकाले बिभिन्न वडाहरुलाई कृषि तथा पशुपालन पकेट क्षेत्र घोषणा गरेको छ । वडा नं.१ हात्तिखर्क क्षेत्रलाई मकै पकेट क्षेत्र घोषणा गरेको छ । उक्त पकेट क्षेत्र मध्ये १ हजार ५ सय रोपनी मकै खेतीका लागि लक्षित गरेर उक्त समूहलाई कृषि सामाग्री प्रदान गरिएको छथर जोरपाटी गाउँपालिकाका कृषि शाखा अधिकृत मिलन कार्कीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!