- संगालोखबर सम्वाददाता

विराटनगर । आजदेखि तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले ८ लाख कित्ता आईपीओ जारी गरेको हो ।

Advertisement

कूल ८ लाख कित्ता सेयर मध्ये कम्पनीले ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ । बाँकी ४० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको हो । भदौ ९ गतेदेखि १३ गतेसम्म जारी रहने कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै तोकिएको अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ २३ गतेसम्म आवेदन खुल्ला गरिने कम्पनीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!