संगालोखबर सम्बाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालमै पहिलो पटक फोनलोन ईएमआईमा भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने उद्धेश्यले गतवर्षदेखि फोनलोन सुविधा संचालन गरेको कुमारी बैंकले अहिले यस्तो सुविधा थप गरेको हो ।

Advertisement

छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिन कुमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडसँगको सहकार्यमा ईएमआई (EMI) मा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो । सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन इएमआई सुविधा संचालनमा ल्याइएको कुमारी बैंकले जनाएको छ ।

कुमारी बैंकमा तलब खाता भएका ग्राहकहरुले न्यूनतम १ हजारदेखि अधिकतम २ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैंङ्किङ्गबाट कुनै धितो वा कागजी प्रकृया बिना नै फोनलोन सुविधा प्राप्त गर्न सक्छन् । उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिना मध्ये कुनै एक अवधि छनोट गरी भुक्तानी गर्न सक्नेछन् । सोही सन्दर्भमा सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ती गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकहरुलाई सहज हुने बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालको भनाई छ ।

यसको अतिरिक्त उक्त योजना अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यूआर स्क्यान (QR Scan) गरी सो को Buy Now, Pay Later अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ । यस प्रविधिले क्यूआर भुक्तानीमा नयाँ आयाम थप्ने तथा बिदेशमा जस्तै नेपालमा पनि बीएनपीएल (BNPL) लोकप्रिय हुनसक्ने एफ वान सफ्ट इन्टरनेशनल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुवाश शर्माले बताए । आगामी दिनहरुमा यस फोनलोनलाई अझ बिस्तारित र विकसित गर्दै लगिने कुमारी बैंकका चिफ डिजिटल बैंङ्किङ्ग अनिष ताम्राकार बताउँछन् ।

आफ्ना देशव्यापी १९६ शाखा संजाल, १७७ एटीएम, ३६ शाखारहित बैंङ्किङ्ग इकाई तथा १४ एक्सटेन्सन काउन्टरमार्फत कुमारी बैंकले अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ । आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तारमा जोड दिइने बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!