- संगालोखबर सम्वाददाता

विराटनगर । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँले बढेको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँ बढेको हो ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक १० रूपैयाँ मूल्य बढाएको हो ।

योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य १५३ रूपैयाँ कायम गरिएको छ । एलपी ग्यास तथा हवाई इन्धनको विक्री मूल्य भने यथावत राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!