संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ सहित सात वटै प्रदेशले आगामी आर्थिक बर्ष ०७९/८० का लागि आज संसदमा बजेट पेश गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ ले हरेक बर्ष असार १ गते आगामी आर्थिक वर्षको आयव्यय (बजेट) संसदमा पेस गर्नुपर्ने व्यवस्था गरे बमोजिम सवै प्रदेशले संसदमा बजेट पेश गर्न लागेका हुन् ।

Advertisement

प्रदेश १ सरकारले करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दैछ । जसका लागि दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जनाएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले राजश्व र व्ययको बार्षिक अनुमान प्रस्तुत गर्नेछन् ।

उनले राजश्व र व्ययको बार्षिक अनुमान, आर्थिक विधेयक र विनियोजन विधेयक संसदमा टेवुल गर्ने कार्यसूची छ । कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर प्रदेश सरकारले यसअघि नै बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

प्रदेश १ को प्रदेश सभा बैठकको संगालोखबरले प्रत्यक्ष प्रशारण गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!