रबिन कटेल

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको भन्दै निगमले पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

Advertisement

सोमबार राती १२ बजेदेखि लागू हुनेगरी मूल्य बढेको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मटितेलमा प्रतिलिटर ९÷९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १ सय ८१ रुपैयाँ, डिजेल र मटितेल १ सय ७२÷१ सय ७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १ सय ९० रुपैयाँ पर्नेछ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ । एक साताअघि मात्रै सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement