संगालोखबर सम्वाददाता

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य घटाएको हो ।

Advertisement

मूल्य घटेपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।

अर्थ मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर मूल्य समायोजन गर्न भनेको थियो । सोही बमोजिम निगम संचालक समितिको बैठकले मूल्य घटाउँने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!