- संगालोखबर सम्बाददाता

विराटनगर । नेपाली बजारमा मंगलबार सुनको मूल्य एक लाख नाघेको छ । प्रतितोला एक लाख तीन सय रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

सोमबार सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेर एक लाख नाघेको हो ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला २० रुपैयाँका दरले चाँदीको मूल्य बढेर तोलाको १३ सय ९५ रुपैयाँ मूल्य पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!