संगालोखबर सम्बाददाता

काठमाडौं । पुनः पेट्रोलियम पदार्थमा मूल्यबृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।

Advertisement

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ । शनिवार राती १२ बजेदेखि यो मूल्य लागु हुँने निगमले जनाएको छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यबृद्धि भइरहेको छ । तरपनि निगमले अझै घाटामै कारोवार गरिरहेको दावी गरिरहेको छ ।

१५ दिनमा करीब २ अर्ब ४० करोड घाटा भइरहेको निगमले जनाएको छ । यो मूल्यबृद्धिपछि निगमको १५ दिनको घाटा २५ करोडले घटेर २ अर्ब १५ करोड रहने निगमको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!