संगालोखबर सम्बाददाता

काठमाडौं । कुमारी बैंकले नव वर्ष २०७९ को अवसर पारेर ‘कुमारी डबल धमाका’ मुद्दती निक्षेप ल्याएको छ । ग्राहकहरुलाई सुविधा दिने क्रममा बैंकले यो मुद्दती निक्षेप ल्याएको हो ।

Advertisement

निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुनेछ । त्यस्तै, प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुदै जाने यस मुद्दती निक्षेपमा, न्युनतम मौज्दात दश हजार तोकिएको छ । सो मुद्दती निक्षेपबाट सहज रुपमा ९० प्रतिशतसम्म कर्जा सुविधा पनि दिइने बैंकले जनाएको छ ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले विभिन्न नयाँ सेवाहरु सञ्चालन गर्दै आएको छ ।

देशव्यापी १९७ शाखा–संजाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिंग इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत कुमारी बैंकले अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ । आगामी दिनमा अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गरिने बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!