संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ दमार खाप्राङ्गका पशुपालक कृषकहरुलाई अनुदानमा च्याप कटर मेशिन वितरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले ३० प्रतिशत अनुदानमा दमार क्षेत्रका १५ जना कृषकहरुलाई एक/एक वटा च्याप कटर मेसिन वितरण गरेको हो ।

Advertisement

ढुवानीसहित ३७ हजार मूल्य पर्ने सो मेसिन खरिदमा समृद्धिले ११ हजार १ सय अनुदान उपलब्ध गराएको छ । दमारमा आयोजित कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपाल, उप–प्रमुख मञ्जु अधिकारी, समृद्धिको दुग्ध आपूर्ति सृङ्खलाका सुपरीवेक्षक सुधिर सुवेदी, स्थानीय आरती दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष जगत बहादुर थापा लगायतले कृषकहरुलाई च्याप कटर हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै महालक्ष्मी नगरपालिकाका प्रमुख नेपालले च्याप कटरले कृषकहरुलाई पशुपालन व्यावसायमा सहजता थप्ने विश्वास व्यक्त गरे । पशुहरुलाई प्रदान गरिने घाँस तथा पराल टुक्राउँन च्याप कटर उपयोगी मानिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!