- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङका उद्योगी व्यवसायीहरुले उठाउँदै आएको माग सुनुवाई गर्न अर्थमन्त्री जनार्दन शर्मा सकारात्मक देखिएका छन् । मोरङका उद्योगी व्यवसायीहरुसँग शुक्रबार काठमाडौंमा भएको भेटमा अर्थमन्त्री शर्माले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।

Advertisement

स्टिल तथा वायर, वनस्पति घ्यूतेल र सेनिटरी प्याड उत्पादन गर्ने उद्योग बन्द हुँने गरी गरिएको भन्सार दर हेरफेरको नीति सच्याउँन माग गर्दै उद्योगीहरु आन्दोलित भइरहेका बेला अर्थमन्त्री शर्माले उनीहरुलाई छलफलका लागि काठमाडौं बोलाएका थिए । छलफलका लागि उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, पूर्व अध्यक्ष पवनकुमार सारडा, महासचिव अनिल सारडा लगायत उद्योगी व्यवसायीहरुको टोली काठमाडौं पुगेको थियो ।

सोही क्रममा आफ्नै कार्यकक्षमा भएको भेटमा अर्थमन्त्री शर्माले उद्योगीको माग संवोधनका लागि आफु सकारात्मक रहेको र त्यसलाई प्रकृयागत रुपमा सुधार गर्ने आश्वासन दिएको मोरङ व्यापार संघले जनाएको छ । उद्योगीहरुका अनुसार आगामी आर्थिक बर्ष २०७९/८० का लागि जेठ १५ गते सार्वजनिक गरिएको वजेट नीतिमा केही त्रुटि भएको अर्थमन्त्री शर्माले स्वीकार गरेका छन् । नियतवस त्रुटी नगरिएको उनको भनाई छ । आफु यो बिषयमा सकारात्मक रहेको भन्दै उनले उद्योगीहरुलाई हत्तोत्साहित नहुँन आग्रह पनि गरेका छन् ।

उद्योगीहरुको टोलीले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गरेर माग संवोधन गर्ने वातावरण मिलाउँन आग्रह गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!