- संगालोखबर सम्बाददाता

धनकुटा । पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा आगामी शुक्रबारदेखि नवौैं भेडेटार फुड फेस्टिवल हुँने भएको छ । अंग्रेजी नयाँ बर्ष २०२२ सुरुवातको अवसर पारेर होटल एशोसिएसन भेडेटारले तीन दिने फुड फेस्टिवल अर्थात खाना महोत्सव आयोजना गरेको हो ।

Advertisement

आयोजक होटल एशोसिएसन भेडेटारले पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । फेस्टिवलमा पूर्वक्षेत्रमा रहेका विभिन्न जातिका जातिय खानाका परिकारसहित २४ वटा स्टल रहने आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । गाउँमा उत्पादित अग्र्यानिक तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, मौलिक परम्परागत साँस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँस्कृतिक कार्यक्रमको प्रस्तुती पनि फेस्टिबलको आकर्षण हुँनेछ ।

त्यस्तै, फेस्टिवलमा हेली फनफाल्इट, जिपलाइन र प्याराग्लाईडिङ्गको मज्जा पनि लिन सकिने छ । महोत्सव अवधिभर भेडेटारका होटलमा खाना बस्न २० प्रतिशत छुटको व्यवस्था गरिनेछ । हरेक होटलमा अग्र्यानिक खानाका परिकारको व्यवस्था हुँनेछ । भेडेटारमा एक सय भन्दा बढी होटल छन् । त्यहाँ एक दिनमा एक हजार भन्दा बढी मानिस बास बसाउन सकिने होटल व्यवसायीहरु बताउँछन् ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले शुक्रबार भेडेटार बजारमा फेस्टिबल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । करिब ३० हजार पर्यटक भित्र्याउँने लक्ष्यसहित आयोजना गरिएको फेस्टिवलमा झण्डै १ करोड बराबरको आर्थिक कारोवार हुँने आयोजकको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!