संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाली सेयर बजार नेप्से परिसूचक शुक्रबार २१०० मुनि झरेको छ। नेप्सेमा शुक्रबार ३३.७६ अंकले ओरालो लागेसँगै नेप्से परिसूचक २ हजार ७१ दशमलव ९४ अंकमा पुगेको छ । नेप्सेमा बिहीबार १८.२६ अंक र बुधबार ७.१९ अंकले ओरालो झरेको थियो ।

Advertisement

बिहान नेप्सेमा खुल्दा २१ सय १२ अंकबाट सुरु भएको बजारको अन्तिममा नेप्से परिसूचक २० सय ७१ अंकमा पुगेर बन्द भएको छ । बजारमा सेन्सेटिभ इन्डेक्स ७.१८ अंकले घटेर ४०३ दशमलव ४८ अंकमा पुगेको छ । नेप्सेमा ३८ लाख ४८ हजार ५०८ कित्ताको सेयर खरिदबिक्री हुँदा १ अर्ब ३० करोड ७३ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा शुक्रबार २२६ कम्पनी सेयर कारोबार हुँदा १९७ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने २० कम्पनीका सेयरधनीले नाफा कमाएका छन्।

त्यस्तै ९ कम्पनीको सेयर मूल्य बिहीबारकै मूल्यमा कारोबार भएको छ । सेयर बजारमा २ कम्पनीको बलेफी हाइड्रो पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १५ रुपैयाँले बढेर १६८ रुपैया पुगेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १५९ रुपैयाँ बढेर १७ सय ५७ रुपैया पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!