संगालोखबर सम्वाददाता

धनकुटा । सनराइज बैंक लिमिटेडले धनकुटा नगरपालिका–५ स्थित करदाता सेवा कार्यालयमा विस्तारित काउन्टर राखेर बैंकिङ्ग सेवा प्रदान गर्न थालेको छ । सन्राइज बैंकले कर कार्यालयको प्रांगणमा आफ्नो १३ औं विस्तारित काउन्टर राखेर सेवा प्रदान गर्न थालेको हो ।

Advertisement

धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले एक कार्यक्रमकाबीच काउन्टर उद्घाटन गरेका छन् । कार्यक्रममा सनराइज बैंकका १ नं. प्रदेश प्रमुख विवेक कुमार निरौला, धनकुटा शाखा प्रबन्धक दिनेश शर्मा अधिकारी लगायत बैंकका कर्मचारीहरु तथा स्थानीय उद्योगी, व्यवसायी लगायत सहभागि थिए ।

सनराइज बैंकले १३९ वटा शाखा, ८५ शाखारहित बैंकिङ्ग सेवा, १३ वटा विस्तारित काउण्टर र १५८ वटा एटीएममार्फत करिब ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!