संगालोखबर सम्वाददाता

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो । हवाई इन्धनको पनि मूल्य बढेको छ ।

Advertisement

मूल्यबृद्धि पश्चात अब पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ र डिजेल÷मटितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेर १०६ रुपैयाँ पुर्याइएको छ ।

अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गरिएको छ । बृद्धि गरिएको मूल्य आज राती १२ बजेबाट लागू हुँने निगमले जनाएको छ ।

छोटो समयमै पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको निगमले अझै पनि घाटा कायम रहेको दावी गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!